१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक न्याय र रुपान्तरणका निम्ति माओवादी आन्दोलनमा एकताबद्ध हुन प्रचण्डको आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्षलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। 

२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताएका हुन्। 

‘यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘सबैले आ–आफ्नो ढंगले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पनि गरेका छन्।’

आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे। ‘त्यसले माओवादी नेता–कार्यकर्तामा मात्र होइन, आमनेपाली जनतालाई पनि फेरि एकपटक नयाँ ढंगले उत्साहित गर्नेछ, नयाँ ढंगले संगठित गर्ने काम हुनेछ,’ प्रचण्डले बताए।

प्रचण्डले माओवादी आन्दोलनभित्रका मात्रै होइन, कम्युनिस्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको बताए। ‘भोलिको नेपालको नेतृत्व लिन विकल्पका रूपमा छिट्टै एउटा समाजवादी मोर्चा अगाडि आउनेछ,’ उनले भने, ‘यसका लागि तपाईंहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेछ।’