१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

केयूमा नेपालकै पहिलो आइएसओ सम्बन्धन प्राप्त वाइल्डिङ तालिम केन्द्र सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

काभ्रे जिल्लाको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू)मा नेपालमै पहिलोपटक आइएसओ सम्बन्धन प्राप्त वाइल्डिङ तालिम तथा परीक्षा केन्द्र सुरु भएको छ।

काठमाडौं विश्वविद्यालयको टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) र दक्षिण कोरियाका क्वाङ एम स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि. (केएएसडिसी)ले केन्द्र सञ्चालनमा ल्याएको हो।

शुक्रबार टिटिसी र केएएसडिसीले पाँच वर्षका लागि समझदारी गरी केन्द्र सञ्चालनमा ल्याएको हो। समाझदारीपत्रमा टिटिसीका निर्देशक दिवाकर विष्ट र केएएसडिसी नेपालका अध्यक्ष पूर्णलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

उक्त कार्यक्रमा टिटिसीका निर्देशक विष्टले नेपालमा अन्तर्राष्ट्रियस्तरको वाइल्डिङको दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे। यसले नेपालमा बेरोजगार समस्याको केही हदसम्म भए पनि कम गरी आर्थिक उपार्जनमा टेवा पुग्ने विष्टले बताए। 

विश्वमा दक्ष वाइल्डिङको माग बढिरहेको वेला दक्ष जनशक्ति उत्पादन गर्नु राम्रो कुरा भएको केएएमडिसी नेपालका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए। दक्ष वाइल्डिङ कामदारकाे विश्वमा माग बढिरहेकाले तालिम तथा परीक्षा केन्द्रको स्थापना गरेको उनको भनाइ छ।

सम्झौतापत्रमा हस्ताक्षर तथा आदन–प्रदान कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले वाइल्डिङ तालिम तथा परीक्षा केन्द्रको विषयमा जानकारी दिएका थिए।

केन्द्रले वाइल्डिङ गरिरहेका जनशक्तिलाई सैद्धान्तिक ज्ञान दिएर विश्वभरि मान्यता प्राप्त आइएसओ प्रमाणपत्र दिलाउने डा. राम लामाले जानकारी दिए। 
डा. लामाका अनुसार उक्त प्रमाणपत्र प्राप्त गरेपछि विश्वको जुनसुकै स्थानमा गएर पनि काम गर्न सकिनेछ।

सो तालिममा २० वर्षदेखि ५० वर्षसम्मका व्यक्ति सहभागी हुन पाउने केएएसडिसीका प्रतिनिधि गणेश योञ्जनले जानकारी दिए। 

वाइल्डिङको अनुभव भएकाहरूले एकमहिने र नभएका व्यक्तिहरूले ६ महिना तालिम लिनुपर्ने योञ्जनको भनाइ छ। एक सिफ्टमा २० जनाले तालिम लिन सकिने उनले बताए। 

केन्द्रले पहिलो परीक्षा फेब्रुअरी २० तारिखमा लिने तयारी भइरहेको योञ्जनले जानकारी दिए। योञ्जनका अनुसार नेपालमा वाइल्डिङसम्बन्धी विभिन्न तालिम केन्द्र भए पनि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र पहिलो हो। केएएसडिसीले तालिमलाई चाहिले १० वटा वाइल्डिङ मेसिन तथा सामग्री केन्द्रलाई हस्तान्तरण गरेका छन्।