Skip This
कैलाली पुगेर माधव नेपालले भने- रेशमलाई रिहा गर्नुपर्छ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली पुगेर माधव नेपालले भने- रेशमलाई रिहा गर्नुपर्छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१६:oo

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीकापुर घटनामा जेलजीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। 

धनगढीमा आज भएको पत्रकार सम्मेलनमा उनले टीकापुर घटना, शान्ति प्रक्रिया, नेत्रविक्रम चन्द विप्लवको पार्टीलगायतसँग जोडिएका राजनीतिक प्रकृतिका मुद्दाहरू छिटोभन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका हुन्। 

‘राजनीतिक प्रकृतिका मुद्दाका विषय थन्क्याएर राखिनुहुँदैन। रेशम चौधरीजीलाई छिटोभन्दा छिटो रिहाइका लागि सरकारसँग माग गर्दछु,’ अध्यक्ष नेपालले भने। 

यस विषयमा आफूले सदनमै पनि बोलेको उनको भनाइ थियो। सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मतका लागि सबैसँग सहमति गरेर जानुपर्ने अध्यक्ष नेपालले बताए। उनले सुदूरपश्चिममा सरकारले विश्वासको मत नपाएर मध्यावधि हुनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए।

अध्यक्ष नेपालले राष्ट्रपतिमा सबैले स्वीकार्य पात्र भए उपयुक्त हुने बताए। सबैले स्वीकार गर्ने पात्र उम्मेदवार बने आफ्नो पार्टी बाधक नबन्ने उनको भनाइ छ। मुलुकलाई सही दिशामा लैजान सहमतिको वातावरण बन्नु नै उत्तम हुने अध्यक्ष नेपालले बताए।

‘एकीकृत समाजवादीले विचार र कार्यदिशा मिल्ने पार्टीसँग सहकार्य, मोर्चा निर्माण र एकता गरेर अघि बढ्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसका लागि हामीले वार्ताटोली पनि गठन गरेका छाैँ।’ 

जसपासँग मोर्चा निर्माण गरेर जान चाहेको नेपालले बताए। परिवर्तनकारी शक्तिहरू एक भएर समाज रूपान्तरणमा लाग्नुपर्ने उनले बताए।

अर्को प्रसंगमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही वैचारिक मान्यतामा स्पष्ट र दृढ हुनुपर्ने बताए। संविधानको रक्षा गर्ने, गणतन्त्र बलियो बनाउने, संघीयता कार्यान्वयन गर्ने, धर्मनिरपेक्षतालाई पालना गर्ने र समावेशिताको नीतिलाई अवलम्बन गर्ने विषयमा वैचारिक मान्यतामा प्रधानमन्त्री प्रस्ट र दृढताका साथ उभिनुपर्ने उनले सुझाव छ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा सहभागी हुन अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका पदाधिकारी धनगढी पुगेका छन्। 

बैठकले पार्टीको विगतको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्ने एकीकृत समाजवादीले जनाएको छ। यसबारे छलफल गर्न देशभर पार्टी कमिटीका बैठकहरू भइरहेका अध्यक्ष नेपालले बताए।