१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कृषिमन्त्रीबाट एग्रिटेक प्रदर्शनी अवलोकन, कृषकलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २३:१६:oo

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । 

शुक्रबार एक कार्यक्रमबीच कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाहले प्रदर्शनी उद्घाटन गरिन् । 

त्यसक्रममा उनले देशको समग्र अर्थतन्त्रको प्रमुख हिस्सा ओगटेको कृषि प्रधान देशमा कृषिसम्बन्धी प्रदर्शनीहरूले निकै ठूलो महत्व राख्ने बताइने । 

उनले यस्ता प्रविधियुक्त प्रदर्शनीहरूले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यावसायिक खेती गर्दै आएका किसानहरूलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

उनले प्रदर्शनीमा रहेका कृषिसम्बन्धी अधिकांश स्टलमा पुगी सम्बन्धित सरोकारवालाहरूसँग कृषि उपकरणहरूबारे जानकारी लिएकी थिइन् । 

सोही अवसरमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहा, वीरगन्जस्थित भारतको कन्सुलर अफिसका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनांक शर्मालगायतले यस्ता प्रदर्शनी वास्तविक किसानका लागि महत्वपूर्ण हुने धारणा राखे । 

आजै चितवन उद्योग संघको आयोजनामा कृषि तथा पशुपंक्षी विकासमन्त्री शाहसँग कृषि उद्यमशिलतासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो ।

२९ मागसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघलगायतका विभिन्न संघ संस्थाहरू सहयोगी संस्थाको रूपमा रहेका छन् ।

ad
ad