Skip This
नयाँ पार्टीलाई भट्टराईकाे सुझाव- इतिहास नकार्ने र धिक्कार्ने होइन, पाठ सिक्ने हाे 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नयाँ पार्टीलाई भट्टराईकाे सुझाव- इतिहास नकार्ने र धिक्कार्ने होइन, पाठ सिक्ने हाे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन्। 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन– २०७९ लाई सम्बोधन गर्दै डा. भट्टराईले  इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल बनाउनुपर्नेमा जोड दिए। 

उनले सीमित जाति र परिवारले मात्र शासन जबसम्म गर्छन् भने त्यतिवेलासम्म देश विकास पनि नहुने तर्क गरे। ‘जनताले न्याय पनि पाउँदैनन् । सबैका निम्ति लोकतन्त्र चाहिन्छ, अवश्यक छ,’ उनले भने, ‘जब १८७७ मा लखन थापाहरूले विद्रोह गरेर जब उनी सहिद बने। सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाए त्यसलाई म एउटा विन्दु मान्दछु। नेपाली जनताले लोकतन्त्रका निम्ति लडेको लडाइँ हो त्यो। नेपाली जनताले लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई स्थापित गर्ने काम नेपालमा जब गरेका थिए दोस्रो चरण त्यसलाई मानिन्छ।’

डा. भट्टराईले जनतालाई अधिकारसम्पन्न बनाएपछि जनताको सहभागिता राज्यमा र राज्यका साधनस्रोतमाथि भएपछि मात्रै विकास हुन्छ भन्ने मान्यताअनुसार हामी अहिले तेस्रो चरणमा रहेको बताए। 

उनले त्यसकारण नयाँ पार्टी तथा युवा पुस्ताले इतिहास नकार्ने र धिकार्ने होइन, पुराना पुस्ताबाट सिक्नुपर्नेमा जोड दिए।संस्थागत र मजबुद बनाउने सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्नुपर्ने बताउँदै डा. भट्टराईले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढंगले प्रयोग गर्नुपर्ने प्रणाली लागू गर्न सबै लागिपर्न आवश्यक रहेको औँल्याए।