
नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा अशोक पहाडी चयन भएका छन् । उनी नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष पनि हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा आज भएको विभिन्न कराँतेका स्वयंसेवक प्रशिक्षकहरूको भेलाले पहाडीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा भूमिलाल भोलन र विष्णुलाल श्रेष्ठ, सचिवमा अमित भोलन, सहसचिवमा कुशल बस्नेत र कोषाध्यक्षमा सानुमाया दोङलाई चयन गरेको छ ।
सदस्यहरूमा अर्जुन पहाडी, भीमबहादुर पहरी, बिबिका श्रेष्ठ, प्रतीक्षा लो र हिमांशु मगरलाई चयन गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख वीरेन्द्र ढुंगानाको रोहवरमा भएको महासंघको जिल्ला कार्य समितिले नेपाल कराँते महाँसंघको मधेस प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।
मधेस प्रदेश प्रतिनिधिमा अशोक पहाडी, विष्णुलाल श्रेष्ठ, भीमबहादुर पहरी र सानुमाया दोङलाई पठाउने निर्णय भएको नेपाल कराँते महासंघ रौतहटका सहसचिव कुशल बस्नेतले जानकारी दिए ।
भेलाले संघको सल्लाहकारमा जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख वीरेन्द्र ढुंगाना, सिनियर कराँते खेलाडी रुद्र विक र बाबु लामालाई सल्लाहकारमा नियुक्त गरेको छ ।