१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ माघ २६ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका यातायात व्यवसायीले सिडिओमार्फत मन्त्रीलाई बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १४:३४:oo

यातायात क्षेत्र सुधारका लागि गुल्मीका यातायात व्यावसायीले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

गुल्मी यातायात, रेसुंगा यातायात र रुरु रेसुंगा यातायात प्रालिका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत यातायातमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गुल्मीका इन्चार्ज हिमाल कुँवर, लुम्बिनी प्रदेश सदस्य कृष्ण मरासिनी, रेसुंगा यातायातका कार्यालय प्रमुख सुरेश भुजेल, रुरु रेसुंगा यातायातका राजु श्रेष्ठ र गुल्मी यातायातका कार्यकारी सदस्य प्रकाश भट्टराईलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेकाे थियाे। 

व्यवसायीहरूले बुझाएको ज्ञापनपत्रमा ऐन–कानुनको कार्यान्वयन, ट्राफिक प्रहरी आतंकको नियन्त्रण, पिक एन्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, प्रदूषण जाँच तथा जरिवानाको त्रास, ऐन र नियावलीको संशाेधन, यातायात क्षेत्रको सुधार र पुनर्जागरण गर्न राष्ट्रिय यातायात प्राधिकरण निर्माणको माग गरिएको छ।

त्यस्तै, चीन, भारत नाकाको समस्या, सीमापारिको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चिताका लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनका लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यवसायीका दीर्घकालीन समस्या समधान गर्न आयोग गठनलगायतका माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समाधानका लागि तत्काल विज्ञप्ति मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यवसायीसँग बसेर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।