Skip This
राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसाैदी निर्वाचित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ २५ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसाैदी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार १६:४९:oo

राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दसाैदी विजयी भएका छन्। 

खसेको कुल मतको मतभार सात हजार नाै सयमध्ये चार हजार २६ मत प्राप्त गरी दसाैदी राष्ट्रिय सभा सदस्यमा विजयी भएको हुन्। दसाैदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा  चार हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन्। 

कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए। नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले एक सय ९२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। 

प्रदेश सभातर्फ एक सय ४४ मतभार बदर भएको थियो। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय १७ जनाले मतदान गरेका थिए। 

प्रदेश सभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी तीन सय पाँचजना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन्। 

सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो।