१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३० आइतबार ११:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सातौँ राजर्षि जनक कप उद्घाटन गर्न उपप्रधानमन्त्री श्रेष्ठ सर्लाही आउँदै 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:३५:oo

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता उद्घाटनका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आउने भएका छन्। 

बुधबारबाट जिल्लाको बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा राजर्षि जनक कपको सातौँ संस्करण सुरु हुन लागेको छ। 

सोही प्रतियोगिताको उद्घाटन गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठ सर्लाही आउन लागेका आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए। 

मन्त्री श्रेष्ठले दिउँसो १ बजे खेल उद्घाटन कार्यक्रम तय भएको आयोजकले जनाएको हो। मन्त्री श्रेष्ठ हेलिकाेप्टरबाट दिउँसे बागमती ओर्लने कार्यक्रम रहेको आयोजकले जनाएको हो। 

मधेस प्रदेशको सर्वाधिक पुरस्कार राशि रहेको राजर्षि जनक कप सातौँ संस्करणको उद्घाटन खेलमा बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब र जावलाखेल युथ क्लब काठमाडाैंबीच प्रतिस्पर्धा हुनेछ। 

७ फागुणमा फाइनल खेल हुने यस प्रतियोगितामा विभागीय, ए डिभिजन, मोफसल, पाहुना र आयोजक गरेर १२ वटा टिम सहभागिता हुने भएका छन्। 

आयोजकका अनुसार नेपाल पुलिस क्लब र एपिएफ क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, साबिक विजेता पिप्ले युवा क्लब, सुदूरपश्चिम– ११, धनगढी, धरान फुटबल क्लब धरान, नवजनजागृति फुटबल क्लब सिमरा, पाहुना टोली युनाइटेड कुर्सेङ फुटबल क्लब दार्जिलिङ र आयोजक बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका विजेताले १० लाख र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टिमले नगद पाँच लाख प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष कुमार प्रधानले जानकारी दिए। 

खेलकुदको माध्यमबाट यस प्रदेशकै ‘पर्यटन प्रवर्द्धन तथा संस्कृतिको संवर्द्धन’ को नारासहित सञ्चालन हुन लागेको प्रतियोगिताको अनुमानित लागत ९८ लाख रहेको क्लबका महासचिव सागर मैनालीले जानकारी दिए। 

बागमती नगरपालिकाद्वारा सार्वजनिक बिदा घोषणा

सातौँ राजर्षि जनक कप उद्घाटनको दिन बागमती नगरपालिका कार्यालयले सार्वजनिक बिदा घोषणा गरेको छ। मंगलबार एक सूचना जारी गर्दै बागमती नगरपालिका कार्यालयले बुधबार नगरपालिकाभरि सार्वजनिक बिदा घोषणा गरेको हो। 

नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा सुरु हुन लागेको प्रतियोगिता उद्घाटको दिन नगरपालिकामातहतका कार्यालय र शैक्षिक संस्था बन्द रहनेसमेत सूचनामा उल्लेख गरिएको छ। 

सूचनामा भनिएको छ, ‘मधेस प्रदेशको सान, राजा जनकप्रतिको सम्मान भन्ने नारासहित घरेलु मैदानमा हुन गइरहेको यस प्रदेशकै गौरवको प्रतियोगितामा उपस्थित भई खेल र खेलाडीलाई प्रत्साहन गरिदिनसमेत सम्पूर्ण नगरवासीमा आग्रह गर्दछौँ ।’

बुधबारबारे उद्घाटन समारोहमा सशस्त्र प्रहरीको बर्दिबास बाहिनीका ब्यान्डबाजा टोलीले परेड तथा मार्चपाससमेत गर्ने आयोजकले जनाएको छ। 

प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडीले ‘बागमती राइजिङ’को नाममा एक थान मोटरसाइकलसमेत पुरस्कार पाउनेछन्। प्रदेशकै गौरवको रूपमा रहेको यस प्रतियोगिताप्रति मधेस प्रदेश सरकार अनुदार देखिएको आयोजकको आरोप छ। 

विगत सात वर्षदेखि सञ्चालन भइरहेको यस प्रतियोगिता सञ्चालनमा प्रदेश सरकारसँग बारम्बार अनुरोध गर्दासमेत सहयोग नगरेको आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए।

ad
ad