Skip This
सिके राउत भन्छन्- अहिलेको आवश्यकता राष्ट्रिय सहमति 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिके राउत भन्छन्- अहिलेको आवश्यकता राष्ट्रिय सहमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा. सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन्।  

बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए।

उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो बनाउने गरी काम गरिरहेको उल्लेख गरे। अन्य मधेसकेन्द्रित दलले सत्ता र शक्तिका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए।

‘मधेसी जनताको भवनामाथि खेलबाड गर्ने काम मात्र हुँदै आएको छ, अब जनमत पार्टी मधेसी जनताको भावनाअनुसार अगाडि बढ्छ,’ उनले भने।  

सो अवसरमा अध्यक्ष राउतले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नका लागि संघीय र प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई निर्देशन दिए। संघीयता कमजोर पार्ने खेल हुन थालेको उल्लेख गर्दै उनले त्यसतर्फ आफ्नो पार्टी सचेत रहेको बताए। 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामबाबु साह, सुनील यादव, रौसन खातुन, गजानन्द यादव, सन्तोष पटेल, राजेश साहलगायतले आ–आफ्नो धारणा राखे। 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष राउतले टीका लगाएर स्वागत गरेका थिए।