Skip This
कांग्रेस चितवन-२ का मतदाताकाे अभिभावक बन्छ : नेता कोइराला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस चितवन-२ का मतदाताकाे अभिभावक बन्छ : नेता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन्। 

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदाता सँगसँगै कांग्रेस रहेको बताएका हुन्। 

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदै छ। कोइरालाले भने, ‘तपाईं मतदाताहरूले फेरि दुःख पाउनुपर्यो। ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाईंहरू लाग्नुस्।’

उनले अन्य राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। उनले भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ।’ 

प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए। 

प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो। अहिले देश अत्यन्तै अप्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए।