१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

बालविवाह अन्त्यका लागि सर्लाहीको चन्द्रनगरमा बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन ०७९ आयोजना गर्ने भएको छ। 

सन् २०३० सम्ममा बालविवाहको अन्त्य गरी राष्ट्रिय दिगो विकास लक्ष्य पूरा गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न राष्ट्रियस्तरको सम्मेलन आयोजना गर्न लागिएको पालिका कार्यलयले जनाएको छ। 

बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन २०७९ ले नेपालका बालिकालाई सक्षम बनाउनसमेत मद्दत पुग्ने चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। 

 

बालिका सम्मेलन २०७९ फागुन २० गते गाउँपालिकास्थित वर्षौँ पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा गरिनेछ।

यस पहिला सम्मेलनलाई लक्षित गरेर पालिकाका सम्पूर्ण विद्यालयहरूमा सन् २०३० सम्ममा बालविवाहको अन्त्यसम्बन्धी ड्रइङ र पेन्टिङ प्रतियोगितासमेत सञ्चालन हुने पालिका कार्यलयले जनाएको हो। उत्कृष्ट ड्रइङ तथा पेन्टिङ प्रदर्शनीमा समेत राखिनेछ।

बालिका सम्मेलन २०७९ मा पालिका, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरूमा केन्द्रित प्राविधिक संवादसमेत हुने भएको छ।

सम्मेलनमा बालविवाह अन्त्यका लागि धर्मगुरु, जातीय अगुवा, महिला अधिकारकर्मी, सञ्चारकर्मीलगायत हालसम्मको कार्य र आगामी भूमिकाको विषयमा समेत चर्चा गरिने पालिकाका प्रमुख महतोले बताए।

सोही कार्यक्रममार्फत बालविवाह र दाइजोविरुद्धका योद्धाहरू, नेपालमा बालविवाह अन्त्यको अभियानमा उल्लेख्य योगदान गर्नुहुने व्यक्ति वा संस्था र चन्द्रनगर गाउँपालिकाका १२ कक्षा पास गरे २० वर्षपछि विवाह गर्ने बालिका तथा स्नातक अध्ययनरत बालिकालाई प्रोत्साहन रकमको चेक हस्तान्तरण र सम्मानको कार्यक्रमसमेत तय गरिएको छ। 

यस सम्मेलनले सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्न नाढीमन घोषणा–पत्रसमेत सार्वजनिक गर्नेछ। उत्कृष्ट कला (पेन्टिङ) लाई पुरस्कार वितरण र सांस्कृतिक प्रस्तुतिसहित सम्मेलनको समापन गरिने आयोजक चन्द्रनगर गाउँपालिका कार्यालयले जनाएको छ।