१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार ०६:२७:००
Read Time : < 1 मिनेट
अर्थ

वार्षिकोत्सवका अवसरमा जनता बैंकको सामाजिक काम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार ०६:२७:००

जनता बैंक नेपाल लिमिटेड स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । शनिबारदेखि  १०औँ वर्षमा प्रवेश गरेको बैंकले विविध सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ । 

प्रभातफेरी 
बैंकले बैंकिङ साक्षरतासम्बन्धी चेतनामूलक ब्यानर र प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । शनिबार बिहान सम्पन्न कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक तथा काठमाडौं उपत्यकाका शाखाका कर्मचारीलगायत सहभागी थिए । प्रभातफेरी कार्यक्रम उपत्यकाबाहिरका शाखामा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ । 

स्वास्थ्य शिविर तथा रक्तदान 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘स्वास्थ्य नारी पहल’ अभियानअन्तर्गत आफ्ना विभिन्न शाखामार्फत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सो अवसरमा स्त्री तथा प्रसूति रोग, जनरल मेडिसिन चेकअप, थाइराइड, सर्भाइकल क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी परीक्षण, दन्त परीक्षण, बृहत् आँखा शिविरलगायत गरिएको थियो । त्यसैगरी, विभिन्न शाखामा गरिएको रक्तदान कार्यक्रमबाट १६० प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । 

सामाजिक सहयोग तथा छात्रवृत्ति 
वार्षिकोत्सवकै अवसरमा बैंकले विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग तथा छात्रवृत्ति वितरणसमेत गरेको छ । बैंकले महिला तथा बालबालिका संरक्षण घर, अत्तरियालाई शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण, निःसहाय तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरणका साथै वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम गरेको थियो । 

बैंकले देशका विभिन्न भागका सरकारी स्कुलमा अध्ययनरत बालबालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा बैंकले २ जना विद्यार्थीलाई १० हजार रुपैयाँ नगद छात्रवृत्तिसमेत प्रदान गरेकोे थियो । बैंकले हाल १ सय २८ वटा शाखा, ९४ वटा एटिएम, ५० शाखारहित बैंकिङ केन्द्रबाट कारोबार गर्दै आएको छ ।