Skip This
आर्थिक विपन्न मुसहर परिवारलाई विशाल ग्रुपको सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Tuesday, 13 May, 2025
श्रवण थापा सर्लाही
२o७९ माघ २३ सोमबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आर्थिक विपन्न मुसहर परिवारलाई विशाल ग्रुपको सहयोग

समाचार प्रभाव

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १९:१२:oo

काठमाडौंस्थित विशाल ग्रुपको सहयोगमा सर्लाहीको चन्द्रनगरका विपन्न परिवारलाई न्यानोकपडा वितरण गरिएको छ। 

चन्द्रनगर गाउँपालिका– ६ कामदमा आज एक कार्यक्रमबीच विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण गरियो। 

आर्थिक विपन्न भएका कारण चिसोमा कठ्यांग्रिन बाध्य विपन्न मुसहर परिवारको विषयमा नयाँ पत्रिकाले समाचार सम्प्रेषण गरेको थियो। सोही समाचारपछि विशाल ग्रुपले न्यानोकपडा वितरण गरेको हो। 

ग्रुपको तर्फबाट प्राप्त एक सय २० थान कम्बल, एक सय २० थान पछेउरा र २० थान ज्याकेट वितरण गरिएको स्थानीय अगुवा रामकेवल माझीले जानकारी दिए। 

चन्द्रनगर– ६ कामदमा दुई सय परिवारलाई वितरण गरेपछि बाँकी रहेको कपडा हरिपुर नगरपालिकाका विभिन्न मुसहर बस्तीका ६० परिवारलाई वितरण गरिने माझीले जानकारी दिए। 

आज सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका पूर्वसांसद प्रमोद साहको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो। विशाल ग्रुपले सामाजिक उत्तरदायित्व कोषमार्फत सहयोग उपलब्ध गराएको कम्पनीका कुनाल थापाले जानकारी दिए।