१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format ११:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्धकार हिरापुरमा दुई महिनापछि बिजुली 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

दुई महिनादेखि अन्धकारमा रहेको सर्लाहीको बरहथवा नगरपालिका– ११ स्थित हिरापुरमा बत्ती बलेको छ। आइतबार रातिबाट नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रले लाइन जडान गरिदिएपछि बत्ती बलेको हो। 

दुई महिनापछि गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन्। यस पहिला ग्रामीण विद्युत् सहकारीमार्फत बिजुली बत्ती बाल्दै आएका उनीहरू सहकारीले पैसा नतिरेको भन्दै लाइन काटिदिएपछि अन्धकारमा बस्न बाध्य भएका थिए। 

यस गाउँमा विगत १७ वर्षदेखि श्री विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले विद्युत् सञ्चालनमा ल्याएको थियो। 

तर, केही वर्ष पहिलाबाट बक्यौता रकम बुझाउन नसकेपछि नेपाल विद्युत् प्राधिकरणले गएको मंसिर २७ गतेदेखि बत्ती काटेको थियो। प्राधिकरणले लाइन काटेपछि हिरापुर, हिरापुर ब्यारेज र खोरकट्टी गरी तीन गाउँका बासिन्दा अन्धकारमा थिए।

प्राधिकरणमा बक्याैता रहेको मध्य सहाकारीले पटकपटक गरेर १० लाख भुक्तानी गरेको थियो। बाँकी रकम १३ लाख २६ हजार ३४ रुपैयाँ बक्यौता बरहथवा नगरपालिकाले तिरिदिने निर्णय गरेपछि प्रक्रिया पूरा गरेर विद्युत् सुचारु गरिएको प्राधिकरणका प्राविधिक सुपरभाइजर छोटेलाल यादवले जानकारी दिए। अब गाउँमा प्राधिकरणले नै विद्युत् व्यवस्थापन गर्ने जनाएको छ।
 
संस्थाको सम्पूर्ण प्रक्रिया खारेज गरेर प्राधिकरणमातहतमा रहने गरी विद्युत् सुचारु भएको बरहथवा नगरपालिका– ११ का वडाध्यक्ष नवराज राईले जानकारी दिए। 

स्थानीयले सीधै प्राधिकरणमा गएर मिटर लिने र विद्युत् उपभोग गर्न सक्ने व्यवस्था गरिएको उन्ले बताए। विद्युत् अवरुद्ध हुँदा विगत दुई महिना वडावासी ढुंगेयुगमा पुगेका वडाध्यक्ष राईको प्रतिक्रिया थियो। 

यस पहिला पनि आफूहरूले नियमित विद्युत् महसुल बुझाएको भए पनि संस्थाका पदाधिकारीले अपचलन गरेको स्थानीयको आरोप थियो। 

तर, संस्थका अध्यक्ष श्यामकृष्ण ढुंगेलको मृत्युपछि कार्यवाहक अध्यक्ष भएर सम्पूर्ण जिम्मा लिएका उपाध्यक्ष रामकृष्ण चालिसेले आर्थिक अनियमितता नभएको दाबी गरे। उन्ले संस्थाको हालसम्मको कारोबारलगायतको कागजात भने संस्था पहिले नै छाडेको भन्दै दिन मानेनन्। 

झन्डै तीन सय ५० विद्युत् उपभोक्तामध्ये केहीले मात्र बिल तिर्ने र धेरैले नतिर्ने गरेका कारण यस्तो अवस्था आएको उनीहरूको तर्क थियो।