
बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर कारागार पठाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अप्रेसन टोलीले उच्च अदालत पाटनबाट ४५ लाख जरिवाना र ६ दिन कैद सजाय तोकिएका विराटनगर महानगरपालिका– ५ का ३५ वर्षीय मो. ज्याउर रहमानलाई पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार पठाएको हो ।
२४ मंसिर ०७८ मा उच्च अदालत पाटनले बैंकिङ कसुरमा ६ दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फरार रहेका रहमान गाउँघरमा लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका रहमानलाई प्रहरीले मोरङ जिल्ला अदालतको जिम्मा लगाएको र अदालतले कैद भुक्तानका लागि मोरङ कारागार पठाएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।