Skip This
मेलम्चीको पानी बाह्रै महिना पाउने व्यवस्था गर्न सांसद सिंहको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीको पानी बाह्रै महिना पाउने व्यवस्था गर्न सांसद सिंहको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि त्यसबाट काठमाडौंवासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे । उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउनदेखि तलब नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्नसमेत माग गरे ।

‘काठमाडौंवासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । वर्षात्‌को समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ उनले भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’