Skip This
ब्याजदर घटाउने भूमिका खेल्न बैंकर्स संघलाई परिसंघको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार o७:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर घटाउने भूमिका खेल्न बैंकर्स संघलाई परिसंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार o७:१९:oo

नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने भूमिका खेल्न बैंकर्सहरूलाई आग्रह गरेको छ । परिसंघले नेपाल बंैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा यस्तो आग्रह गरेको हो । 

अध्यक्ष सुनील केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी–व्यवसायीको मनोबल खस्किएको बताए । उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे ।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरूले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले विनाप्रोभिजन ऋणको पुनर्संरचना, पुनर्तालिकीकरण गरी बैंकले सहयोग गर्नुपर्ने बताए । यस्तै, उद्योगहरूको प्रवद्र्धन गर्न बेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी–व्यवसायीबीच बुझाइमा एकरूपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्पडेस्क स्थापना तथा तत्काल सञ्चालन गर्न पनि आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष केसीले परिसंघले दिएका कतिपय सुझाव बैंकहरू तथा संघले आफैँ पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरूको प्रमुख समस्याका रूपमा बढ्दो निष्क्रिय कर्जा रहेको बताए । त्यस्तै, ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी–व्यवसायीलाई समेत आग्रह गरे ।

संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरूबीच भएको अन्तक्र्रियामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेसनल काउन्सिल सदस्यहरू, नेपाल बंैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरू अजयविक्रम शाह, दीपककुमार डे, सल्लाहकार अशोकशमशेर राणालगायत सहभागी थिए ।