१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चन्द्रागिरि हिल्समा मलेसियाका गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१६:oo

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । शनिबार बिहानै चन्द्रागिरि पुगेका नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गरे । अध्यक्ष ढकालले गृहमन्त्री इस्मालीलाई चन्द्रागिरिमा निर्माण भएका विभिन्न पूर्वाधारहरूको स्थलगत भ्रमण गराए ।

चन्द्रागिरिको भ्रमणका क्रममा गृहमन्त्री इस्लामीले एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पूर्वाधार ग्यान्टिंग हाइल्यान्डसँग मिल्दोजुल्दो रहेको बताए । उनले थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यवसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिंग हाइल्यान्डबाट प्रभावित भई यो परियोजना निर्माण गरेको ग्रुपले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।