मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २१ शनिबार
  • Friday, 28 August, 2026
२o७९ माघ २१ शनिबार २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २१ शनिबार २o:४५:oo

झापाको अर्जुनधारामा एक महिलाको हत्या भएको छ।

उदयपुर घर भई अर्जुनधारा–८ स्थित खसीबजारमा बस्दै आएका ३३ वर्षीय मनोज बस्नेतले आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनको चार दिनअघि हत्या गरेर शव चउरमा गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बस्नेतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

बस्नेतले श्रीमती पोखरेलको हत्या किन गरे भन्ने कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।