Skip This
कालिकोटको खल्लाघाटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २१:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालिकोटको खल्लाघाटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:१७:oo

जुम्लादेखि कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा मेला हेर्न जाने क्रममा भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

कालिकोटको तिलागुफा नगरपालिका–६ खल्लाघाटस्थित अटो दुर्घटना हुँदा हिमा गाउँपालिका ४ जुम्लाका वीर्खबहादुर शाहीको मृत्यु भएको हो। 

दुर्घटनामा ज्यान गुमाएका मृतक शाहीकी श्रीमती तारा शाही र ११ वर्षीया छोरी र ६ वर्षीय छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

दुई बच्चा सामान्य घाइते भएका छ। तारा शाहीको भने हात र छातीमा चोट लागेको छ। घाइते सबै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। 

मृतक शाहीको शव घटना स्थलबाट पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ। 

मृतक शाही हिमा आवासीय विद्यालयका शिक्षक हुन्। उनी नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारण सदस्य तथा प्रेस सेन्टर जुम्लाको सदस्य समेत रहेको बताइएको छ।