Skip This
उपत्यकाको अपराध अनुसन्धानमा सहयोगी सिसिटिभी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शान्ति तामाङ काठमाडौं
Invalid date format o९:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको अपराध अनुसन्धानमा सहयोगी सिसिटिभी

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२६:oo

काठमाडौं, भक्तपुर र ललितपुरमा तीन हजारभन्दा बढी सिसिटिभी, महानगर र प्रहरीले राखेकामध्ये एक सय ५८ चालू

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामरा अपराध अनुसन्धानमा सहयोगी बनिरहेका छन् । शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रणजस्ता अनधिकृत क्रियाकलाप नियन्त्रण र अनुसन्धानमा सिसिटिभी क्यामराका दृश्यले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरीको भनाइ छ ।

यसैक्रममा मंगलबार काठमाडौं महानगरपालिका र नेपाल प्रहरीले संयुक्त रूपमा जडान गरेका सिसिटिभी क्यामराको अनुगमन गरेको छ । उपत्यकामा महानगर र प्रहरीले संयुक्त रूपमा एक सय ६५ वटा सिसिटिभी क्यामरा जडान गरेका थिए । त्यसमध्ये अहिले एक सय ५८ वटा मात्र चालू अवस्थामा रहेको फेला परेको छ । बाँकी सातवटा सडक विस्तारका क्रममा प्रयोगविहीन भएका हुन् । सिसिटिभी क्यामराहरूको अवस्थाबारे जानकारी लिन महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरसहितका पदाधिकारीहरू उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगेका थिए । सो क्रममा प्रवक्ता मानन्धरले शान्ति सुरक्षा र सहरी व्यवस्थापनमा सिसिटिभीले सहयोग गरेको बताए । ‘शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य जारी रहन्छ । यहाँ प्राप्त हुने दृश्य अनुसन्धानका लागि प्रयोग हुन्छन् । व्यक्तिको गोपनीयताप्रति सचेत छौँ,’ उनले भने, ‘फोहोर व्यवस्थापन, निर्माण सामग्रीको प्रयोगजस्ता दृश्य वडा समितिको पहुँच पनि हुने बनाउनुपर्छ । सहकार्यमा यस्ता विषयलाई स्पष्ट पारेर अगाडि बढौँ ।’

कति छन् उपत्यकामा सिसिटिभी क्यामरा ?
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकामा भएका तीन हजार दुई सय ३१ वटा सिसिटिभी क्यामरामध्ये एक हजार ५१ वटाको दृश्य कन्ट्रोलरुमबाट निगरानी हुन्छ । प्रहरी कक्षबाट सञ्चालित सिसिटिभीबारे प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले भने, ‘सिसिटिभी क्यामराका दृश्य घटनाअनुसार वर्गीकरण गरेर राखेका छौँ । यी दृश्य विभिन्न समस्या समाधानका लागि उपलब्ध गराउँछौँ ।’ सवारीसाधन दुर्घटना, सामान छुटेमा वा हराएमा, चोरी, लुटपाट, सवारीसाधन हराए, हराएका मानिस खोजी गर्नुपर्दा दृश्य माग हुने गरेको र प्रचलित कानुनअनुसार उपलब्ध गराउन मिल्ने दृश्य दिने गरेको उनको भनाइ छ । यस्ता दृश्यले प्रहरीमा प्राप्त हुने उजुरीमध्ये ६१ प्रतिशत समस्या सुल्झिएको प्रहरी उपरीक्षक धितालको भनाइ छ ।

२५ माघ ०७५ मा बसेको नगर कार्यपालिकाको बैठकले सहरमा शान्ति सुरक्षा कायम गर्न तथा सहरी व्यवस्थापनका क्रियाकलापमा निगरानी गर्न सिसिटिभी क्यामरा जडान, सञ्चालन, मर्मत–सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने निर्णय गरेको थियो । यही निर्णयका आधारमा १५ फागुन ०७५ मा सम्झौता गरेर महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सहकार्यको मुख्य लक्ष्य महानगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रणजस्ता अनधिकृत क्रियाकलापमाथि नियन्त्रण गर्नु रहेको महानगरले जनाएको छ ।

सिसिटिभीको दृश्य माग्न दुई हजारभन्दा बढी निवेदन
प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी–किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रिकालीन आवागमन व्यवस्थापन, ट्राफिक जामजस्ता सहरी आचरणको निगरानी गर्नु मुख्य काम हो । आर्थिक वर्ष ०७८/७९ मा सिसिटिभी फुटेज माग गर्दै प्रहरीमा दुई हजार एक सय ७६ वटा निवेदन प्राप्त भएका थिए । त्यसमध्ये एक हजार दुई सय ६४ निवेदकलाई फुटेज उपलब्ध गराइएको थियो । ट्राफिक लेन, फिल्ड अनुशासन कायम नगरेका दुई हजार पाँच सय ६५ जनालाई सिसिटिभी फुटेज हेरेर कारबाही गरिएको थियो ।

नेपाल प्रहरीले ०६३ सालमा ११ वटा एनालग सिसिटिभी क्यामरा राखेर निगरानी सुरु गरेको थियो । ०७१ साल १८औँ सार्क शिखर सम्मेलनका समयमा दुई सयवटा आइपी बेस क्यामरा थप गरिएको थियो ।