Skip This
विश्व च्याम्पियन भारानेले सन्न्यास लिए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ २० शुक्रबार o७:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियन भारानेले सन्न्यास लिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार o७:२३:oo

सन् २०१८ को फिफा विश्वकप च्याम्पियन फ्रान्सेली टोलीका रक्षक राफायल भारानेले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका छन् ।

२९ वर्षीय सेन्ट्रल ब्याक भारानेले बिहीबार अन्तर्राष्ट्रिय खेलबाट अलग्गिने निर्णय लिएका हुन् । ‘मैले केही महिनादेखि सन्न्यास लिने सोच बनाएको थिएँ । समय आएपछि निर्णय लिने बताएको थिएँ, आज त्यो समय आएको छ,’ सोसल मिडियामा सन्न्यासको घोषणा गर्दै भारानेले भने ।

चार वर्षअघि फ्रान्सले रसियामा विश्वकप उपाधि जित्दा भाराने प्रमुख खेलाडी थिए । कतार विश्वकप २०२२ मा उपविजेता हुँदासमेत भाराने टोलीमै थिए । इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका रक्षक भारानेले सन् २०१३ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।

भारानेले फ्रान्सको राष्ट्रिय टोलीबाट ९३ क्याप जितेका छन् । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले गत महिना सन्न्यास लिएका थिए ।