Skip This
पत्रकारिता कक्षालाई समाचार कक्षसँग जोड्न विज्ञहरूको सुझाब
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारिता कक्षालाई समाचार कक्षसँग जोड्न विज्ञहरूको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

नेपालको मिडिया उद्योगको माग र समाचार कक्षको आवश्यकताअनुसार पत्रकारिता शिक्षामा सुधारको खाँचो रहेको विज्ञहरूले बताएका छन्। 

मदन भण्डारी मेमोरियल कलेज, पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा बुधबार काठमाडौंमा भएको कार्यक्रममा मिडिया विज्ञहरूले परम्परागत पत्रकारिताका सिद्धान्त सँगसँगै समयानुकूल व्यावहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्ने बताएका हुन्। 

‘ट्वेन्टी फर्स्ट सेन्चुरी मिडिया एजुकेसनः कनेक्टिङ क्लासरुम विथ न्युजरुम’ शीर्षकमा भएको कार्यक्रममा हिमाल मिडियाका प्रकाशक कनकमणि दीक्षितले नेपाली समाजलाई दिशानिर्देश गर्न पत्रकारहरूले फ्रन्टलाइनरको भूमिका खेलिरहेको बताए। 

पत्रकारहरूसमेतको योगदानका कारण दक्षिण एसियाको सबैभन्दा लोकतान्त्रिक मुलुकका रूपमा नेपालको छवि सम्भव भएको उनको भनाइ छ। उनले पत्रकारहरूले नागरिकका रूपमा समेत समाजमा भइरहेका कार्यहरू खोज्ने र पाठकसम्म पुर्याउने काम गरिरहेको बताए। 

दीक्षितले भने, ‘पत्रकारिता पढाउने भनेको समाज पढाउने हो। पत्रकारिता पढ्न चाहनेलाई लिबरल आर्टस् पढाउनुपर्छ।’ 

उनले पत्रकारिताका विद्यार्थीलाई इतिहास, भूगोल, अर्थशास्त्र र राजनीतिशास्त्रसमेत पढाउनुपर्ने बताए। पत्रकारहरूलाई लेखनशैली सँगसँगै ज्ञानभण्डारले पनि सुसज्जित गर्नुपर्ने भएकाले यस्ता विषय आवश्यक भएको उनको भनाइ छ। 

अनलाइन मिडिया सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकालले पत्रकारिताका ‘स्कुल’ को पढाइ र न्युजरुमबीच संसारभर नै ग्याप देखिने गरेको भन्दै  अब पत्रकारिता पढाउनेभन्दा सिकाउने कार्यमा ध्यानकेन्द्रित गर्नुपर्ने सुझाब दिए। 
‘विषयवस्तु ग्रहण गर्ने र बुझ्ने गहिराइ तथा सीप दिन सकिएमा त्यस्ता विद्यार्थीहरूले पत्रकारितामा योगदान दिन सक्छन्,’ उनले भने, ‘क्लासरुमलाई नै न्युजरूपका रुपमा विकास गर्दै जानुपर्छ।’

रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुख श्रीराम पौडेलले पत्रकारले गर्ने सामान्य कार्यहरू अब प्रविधिले गर्न थालेको भन्दै सोअनुसार पठनपाठनमा सुधार ल्याउन नसकिएको बताए। सूचना र प्रविधिमा ठूलो परिवर्तन आइसक्दा पनि त्यसलाई बुझ्ने र अवलम्बन गर्ने गरी संरचना बनाउन नसकेको उनको भनाइ छ। 

मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले उच्च शिक्षामा विद्यमान समस्याहरूलाई उजागर गरी समाधान खोज्न कार्यक्रमले महत्वपूर्ण योगदान गरेको बताए। उनले सबै संकाय तथा विषयहरूको समस्या उस्तै रहेको भन्दै सुधार गर्नुपर्ने बताए। 

कार्यक्रममा काठमाडौंका विभिन्न शिक्षण संस्थाहरूमा पत्रकारिता पढाउने शिक्षकहरू तथा पत्रकारहरू सहभागी थिए। पत्रकारिता पढाउने प्राज्ञिक निकाय र समाचार कक्ष एकअर्काका परिपूरक भएकाले यी दुईबीच सुमधुर सम्बन्ध स्थापित गर्न बहसको आयोजना गरिएको मदन भण्डारी मेमोरियल कलेज पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख रघु मैनालीले बताए।