Skip This
कर्णालीमा नयाँ डिआइजी आएपछि फरार अभियुक्त धमाधम पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा नयाँ डिआइजी आएपछि फरार अभियुक्त धमाधम पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३४:oo

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यालय प्रमुखका रूपमा नयाँ डिआइजी (प्रहरी नायब महानिरीक्षक) भीमप्रसाद ढकाल आएपछि विभिन्न मुद्दा लागेर फरार अभियुक्त पक्राउ पर्न थालेका छन्। 

कार्यालय प्रमुखमा ढकाल आएपछि कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रहरीको सक्रियतामा विभिन्न मुद्दाका अभियुक्त पक्राउ पर्न थालेका हुन्। 

जाजरकोट जिल्लाको भेरी नगरपालिका– ६ सिस्नेमा ०७४ पुस ३० गते श्रीमती भद्रकला कामीले आफ्नै श्रीमानको हत्या गरेको घटना पाँच वर्ष भएकाे खुलासा भएको हो।

प्रहरीले घटना भएको पाँच वर्षपछि श्रीमती भद्रकलाले लठ्ठीले हानेर मृत्यु भएका उनका श्रीमान् ४७ वर्षीय काले कामीको शव शौचालयका गाडेको घटना मंगलबार पत्ता लगाएको हो। 

भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ। 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेत पाँच दिनमा बहुविवाह मुद्दाका  चार, चेक अनादर मुद्दामा एकजना र पुरानो पेन्डिङ कर्तव्य ज्यान मुद्दाका चारजना  गरी जम्मा नौजना फरार अभियुक्तलाई पक्राउ गरी ६ वर्ष एक महिना २९ दिन कैद  रु. ५४ हजार जरीवाना तीन लाख बिगो असुल भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सम्बन्धविच्छेद, लागुऔषध, गाली बेइज्जती, जालसाजी  र कुटपिट मुद्दाका सातजना फरार अभियुक्तलाई पक्राउ गरी एक वर्ष सात महिना १४ दिन कैद र रु. १८ हजार एक सय ६० जरिवाना असुल भएको कर्णाली  प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्भपतन र बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरी एक वर्ष १० महिना २९ दिन कैद र रु. १० हजार दुई सय ५० जरिवाना असुल भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले एकजना सार्वजनिक अपराध र एक बैंकिङ कसुर  गरी दुईजना  फरार अभियुक्तलाई पक्राउ गरी एक वर्ष ६ महिना कैद र रु. ५ पाँच ६३ हजार दुई सय जरिवाना र रु. ५ पाँच हजार दुई बिगो असुल भएकोे जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले पुरातात्विक मूर्ति चोरी मुद्दाको एकजना फरार अभियुक्तलाई पक्राउ गरी तीन वर्ष कैद रु. १ लाख जरिवाना असुल भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले जबर्जस्ती करणी मुद्दाको एकजना फरार अभियुक्तलाई पक्राउ गरी नौ वर्ष तीन महिना १६ दिन कैद र रु. ५० हजार जरिवाना असुल भएको जनाएको छ।

पाँच दिनको अवधिमा २२ जना फरार अभियुक्त पक्राउ  र २१ वर्ष ६ महिना २३ दिन कैद र रु. १३ लाख ४८ हजार सात सय ७५ जरिवाना र रु. आठ लाख ५६ हजार दुई सय बिगो असुल असुल भएको, फरार अभियुक्तहरूलाई पक्राउ गर्न विशेष अभियानलाई मातहत जिल्लाहरूमा कडाइका साथ लागू गरी उल्लेखनीय रूपमा फरार अभियुक्त पक्राउ गर्ने काम भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए।