१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १८ बुधबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशमा रहेका नागरिकलाई भोट हाल्ने सुविधा व्यावहारिक हुन सकेन : महान्यायाधिवक्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १५:oo:oo

महान्यायाधिवक्ता दीनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा नै समस्या आउँदा कतिपय नागरिकले भोट हाल्न नपाएको बताएका छन्।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले निर्वाचनमा कसलाई सहभागी हुन दिने र नदिने भन्नेबारेमा पनि कतिपय प्राविधिक समस्या आएकाले यी कुरालाई आगामी दिनमा स्पष्ट बनाएर जान आवश्यक रहेको बताए। 

विदेशमा रहेका नागरिकलाई भोट हाल्ने व्यवस्था गर्ने आदेश सर्वोच्च अदालतले दिइसके पनि व्यावहारिक रूपमा इन्स्योर भएको अनुभूति हुन नसकेको बताए। 

महान्यायाधिवक्ता पोखरेलले समानुपातिक निर्वाचन प्रणालीमा विकृत अभ्यास भइरहेको गुनासो बढिरहेको भन्दै यसलाई समयमा नै समाधान गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।