१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मनीष खड्का रुकुम पश्चिम
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १४ को छिवाङ जिउलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मुसिकोट नगरपालिका– ४ को सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना.६ट ७७१३ नम्बरको ट्याक्टर गएराति साढे ९ बजेतिर दुर्घटना हुँदा सहचालक जाजरकोट भेरी नगरपालिका– १ का ३५ वर्षीय हरिबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका विकको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा राति साढे ११ बजेतिर मृत्यु भएको हो। 

प्रहरीका अनुसार ट्याक्टरचालक मुसिकोट नगरपालिका– ८ घोरखानीका २२ वर्षीय मनबहादुर विक भने गम्भीर घाइते भएका छन्।  

घाइते विकलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। उनका अनुसार ट्रलीविनाको ट्याक्टर सिम्लीतर्फ लैजाँदै गर्दा दुर्घटनामा परेको हो। 

ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खसेको छ। अनियन्त्रित भएर ट्याक्टर पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।