Skip This
बढिरहेको सेयर बजारमा ब्रेक, लगानीकर्ता निराश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ १८ बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बढिरहेको सेयर बजारमा ब्रेक, लगानीकर्ता निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार o९:o५:oo

नयाँ सरकार बनेसँगै उत्साहित बनेको सेयर बजार लगातार चार दिन घटेको छ । बजार घटेसँगै लगानीकर्ता निराश बनेका छन् । केही लगानीकर्ताले बजार घट्न थालेपछि नाफा सञ्चित गर्न जोड दिएका छन् । सत्तागठबन्धनबीच खटपट हुँदा सेयर बजारमा मनोवैज्ञानिक प्रभाव देखिएको लगानीकर्ता बताउँछन् । 

नयाँ सरकार आउनुअघि ३ पुसमा नेप्से सूचक एक हजार आठ सय ५५ बिन्दुमा रहेको थियो । नयाँ सरकार बनेर अर्थमन्त्रीमा विष्णु पौडेलको ‘कमब्याक’ भएसँगै बजार पुनः लयमा फर्किएको थियो । यसबीचमा नेप्से सूचक दुई हजार दुई सय ११ दशमलव ७६ बिन्दुसम्म आइपुगेको थियो ।

सरकार बनेको छोटो समयमै तीन सय ५६ अंकले बढेको बजारमा करिब ६ महिनायताकै सर्वाधिक कारोबार पनि भएको थियो । आर्थिक अवस्था सहज बन्दै गएको समयमा बजारले गति लिइरहँदा सत्तागठबन्धनभित्रको खिचातानी पुनः सुरु हुने र अर्थमन्त्री नै फेरिने मनोवैज्ञानिक त्रासले लगानीकर्ता लगानी बढाउन तयार नभएको बजारसम्बन्धी जानकार बताउँछन् । 

लगानीकर्ता तथा इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अहिलेको बजारलाई थोरै राजनीतिक प्रभाव देखिए पनि यसलाई करेक्सनका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘अहिलेको बजारको घटाइ करेक्सन हो, बजार थोरै भए पनि बलियो भएको छ, राजनीतिक प्रभाव पनि देखिएको अनुमान गर्न सकिन्छ ।’

बजार घटेसँगै कारोबार रकम पनि घट्न थालेको छ । लगानी बढाउन तयार भएका लगानीकर्ता सरकारमा देखिएको अस्थिरताले लगानी बढाउन आनाकानी गर्न थालेका हुन् । पाँच अर्ब ४७ करोड रुपैयाँसम्म कारोबार भएको बजार घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ । पछिल्लो हप्ता औसत दैनिक तीन अर्ब रुपैयाँको कारोबार भएको बजारमा मंगलबारसम्म आइपुग्दा दुई अर्ब ८२ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।