Skip This
महोत्तरीमा बिचौलियाको आरोपमा पाँचजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बिचौलियाको आरोपमा पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

प्रहरीले बिचौलियाको आरोपमा महोत्तरीबाट पाँचजनालाई पक्राउ गरेको छ। जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।

काम गराइदिने भन्दै विभिन्न बहानामा सेवाग्राहीलाई ठगी गरेको गुनासाहरू बढ्न थालेपछि यस्ता कार्य गर्ने बिचौलियाहरूलाई नियन्त्रणमा लिन सोमबारदेखि नै प्रहरीको विशेष टोली परिचालन गरिएको थियो। सोमबार नै जिल्ला प्रशासन कार्यालयअगाडिबाट चारजना र मालपोत कार्यालयअगाडिबाट एकजनालाई पक्राउ गरी छाडिएकोमा मंगलबारसमेत प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो।

मंगलबार पक्राउ परेकाहरूलाई अनुसन्धान गरी दोषी देखिए कानुनी प्रक्रियामा जाने एसपी पंगेनीले बताए। सेवाग्राहीहरूको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट समेत बिचौलियाहरूमाथि निगरानी गर्न र भेटिए पक्राउ गर्न निर्देशन आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिलो दिनमा पक्राउ परेकाहरू मुद्दा नै चलाउने खालका नभएकाले सम्झाइबुझाई तथा विभिन्न सर्तका साथ छाडिए पनि अब पक्राउ पर्नेहरूलाई कडा रूपमै कानुनी प्रक्रियामा लग्ने प्रहरीको तयारी छ। जिल्लाका अन्य पालिकाहरूमा समेत प्रहरीले यस अपरेसनलाई जारी राखेको छ।