मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १७ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुणस्तरहीन औषधिको बिक्री राेक्न निगरानी बढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १५:oo:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्याप्छ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन्।

मंगबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन्। सीमित क्षेत्रको भन्दा पनि सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको भन्दै उनले कुनै पनि बहाना नबनाई प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे।

‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्याप्छ्याप्ती छन् भन्ने सुनेका छौँ। तपाईंहरूले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो। पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जान सक्छ। यसतर्फ हामीले कुनै पनि हिसाबले जनशक्ति छैन वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नुहुँदैन,’ उनले भने।

मन्त्री गिरीले ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताउँदै चाँडोभन्दा चाँडो कार्ययोजनासहित आफ्ना मागहरू लिएर मन्त्रालय आउन विभागलाई आग्रह गरे। उनले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिएका छन्।