Skip This
सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

पिपुल्स हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी खोलामा निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु भएको छ। आयोजनाको सबै काम सम्पन्न भएपछि पानी पठाएर परीक्षण थालिएको हो।

केही दिनयता पानी राखेर इन्टेक र डिसेन्डरको परीक्षण भइरहेको आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले बताए। उनले भने, ‘केही दिनयता डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङको पानी राखेर परीक्षण भइरहेको छ।’ 

आयोजनाबाट यसअघि ०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो। गत असार १ गते  दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्‍याउँदा तालिका प्रभावित भएको हो।

आयोजनाले प्रसारण लाइनसमेत आफैँ निर्माण गरेको छ। ०७६ फागुनदेखि विद्युत् उत्पादन गर्ने सुरुवाती तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलाको बाढी र कोरोनाको असरले निर्माण प्रभावित हुँदा पछाडि धकेलिएको आयोजनाका निर्देशक गौतमले बताए।

आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने देखिएको छ। आयोजनामा सानिमा बैंकको अगुवाइमा नौवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन्। 

आयोजनाको ०७२ सालमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको हो। आयोजनाको ०७३ असारबाट निर्माण कार्य सुरु भएको थियो। पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रस हेड ६४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको निर्माण थाल्दा ४९.६ मेगावाट भनिए पनि हाल त्यो बढेर ५४ मेगावाट पुगेको छ।

दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनापछिको सबैभन्दा ठूलो आयोजना हो।