
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)द्वारा आज Corruption Perceptions Index (CPI) 2022 भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गरिएको छ ।
यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।
यस सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।
सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११) औँ स्थान दिइएको छ । सन् २०२१ मा ११७औँ मा रहेकोमा २०२२ मा ११०औँ स्थानमा रहेको थियो ।CPI 2021 मा नेपालको अंक ३३ (११७औँ स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।