Skip This
स्वदेशकै डस्टी कार्गो स्टेसन प्रयोग गर्न सरकारको आग्रह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १७ मंगलबार o६:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशकै डस्टी कार्गो स्टेसन प्रयोग गर्न सरकारको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार o६:५५:oo

स्वदेशकै डस्टी कार्गो स्टेसन प्रयोग गर्न निजी क्षेत्रलाई सरकारले आग्रह गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले निजी क्षेत्रका प्रतिनिधिमूलक संघ–संस्थालाई पत्राचार गरेर वीरगन्ज सुक्खा बन्दरगाह रहेको डस्टी कार्गो स्टेसन (डस्टी कार्गो झार्ने ठाउँ) प्रयोग गर्न आह्वान गरेको हो । 

समितिले एक महिनाअघि नै वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो स्टेसन (डस्टी कार्गो झार्ने ठाउँ) तयार गरेको थियो । सुक्खा बन्दरगाहको ४ नम्बर रेलवे लाइनलाई डस्टी कार्गो झार्ने स्थान बनाउँदै ह्यान्डलिङ गर्ने पूर्वाधारहरू तयार पारिएका छन् । तर, निजी क्षेत्रले हालसम्म उक्त डस्टी कार्गो स्टेसन प्रयोग नगरेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । ‘डस्टी कार्गो स्टेसन सञ्चालनका लागि रेडी छ, हामीले पटक–पटक आग्रह पनि गरेका छौँ,’ उनले भने, ‘तर, उहाँहरू (व्यवसायी)ले प्रयोग गर्नुभएको छैन, पारि रक्सौलमै झार्नुहुन्छ ।’ 

समितिले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल फ्रेटफर्वाड्स एसोसिएसन, वीरगन्ज उद्योग वाणिज्य संघ र भन्सार एजेन्ट महासंघलाई पत्राचार गरेर वीरगन्ज सुक्खा बन्दरगाहमा रहेको डस्टी कार्गो स्टेसन प्रयोग गर्न आग्रह गरेको हो । 

डस्टी कार्गोमा क्किंकर, सिमेन्ट, कोइला, डन्डी, सिआर सिट, मलखाद, नुनलगायत वस्तुहरू ल्याइन्छन् । यसअघि भारतको रक्सौलसम्म रेलमा डस्टी कार्गो ल्याउने र त्यहाँबाट ट्रकमा राखेर नेपाल भित्र्यादै आएको छ । तर, अब डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता हटिसकेको गजुरेल बताउँछन् । ‘व्यवसायीलाई अभ्यस्त भएका कारण पारी (भारत)मै डस्टी कार्गो झारेको हुनुपर्छ,’ उनले भने, ‘स्वदेशमै सुविधा भएपछि यहीँको प्रयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा हो, यसले व्यवसायिक लागत घट्न मात्रै नभई स्वदेशमा रोजगारीसमेत बढ्छ ।’

व्यवसायीहरूले भने पूर्वाधार पर्याप्त नभएका कारण सुक्खा बन्दरगाहमा डस्टी कार्गो आयात गर्न नसकिएको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले सुक्खा बन्दरगाहमा निर्मित डस्टी कार्गो स्टेसन अहिल्यै प्रयोगयोग्य नदेखिएको बताए । ‘एकातिर भुइँमा ढलान गरिएको छैन, ढुंगामाटोसँगै मालवस्तु मिसिँदा गुणस्तर बिग्रिन्छ, अर्कातिर रेलवे लिक पनि एउटै मात्र छ, एउटा र्‍याक ल्याएपछि त्यो सिपमेन्ट नभएसम्म अर्को ल्याउन मिल्दैन,’ उनले भने, ‘पूर्वाधार पूरा गर्न हामी आग्रह गर्दै आएका छौँ, कम्तीमा फ्लोर ढलान भएमा हामी त्यहाँ डस्टी कार्गो आयात गर्छौँ ।’

अहिले व्यवसायीहरूले कोइला, क्लिंकरलगायत अत्यावश्यक डस्र्टी कार्गो सडकमार्गबाट (ट्रकबाट) ल्याउँदा प्रतिकेजी १० रुपैयाँभन्दा बढी लागत महँगो हुने व्यवसायीहरूले नै बताउँदै आएका छन् । डस्टी कार्गो रक्सौलमा झारेर पुनः नेपाल ल्याउँदा झन्झट पनि हुने गर्छ । समयमा मालवस्तु उठाउन नसक्दा अतिरिक्त शुल्कसमेत बुझाउनुपरेको समेत गुनासो छ । यही असहजता र असुविधालाई ध्यानमा राखेर समितिले सुक्खा बन्दरगाहमै डस्टी कार्गो स्टेसन तयार पारेको हो ।