Skip This
हिरासतको भित्ता फोडेर ६ बन्दी फरार, तीन प्रहरी निलम्बित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o६:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिरासतको भित्ता फोडेर ६ बन्दी फरार, तीन प्रहरी निलम्बित

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o६:५१:oo

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेका छन् । भागेकामध्ये एकजना पक्राउ परेका छन् । फरार हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ घर भएका लागूऔषध मुद्दाका आरोपी ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ– २ का राष्ट्रसेवक बाधाविरोध मुद्दाका आरोपी २५ वर्षीय अमित मण्डल, २५ वर्षीय रोशन यादव, सोही वडाका अभद्र व्यवहार मुद्दाका आरोपी २५ वर्षीय हरिदीप सिंह र मिथिला नगरपालिका– ६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका आरोपी ३६ वर्षीय शंकर सिंह छन् ।

उनीहरूसँगै फरार भएका मिथिला नगरपालिका– ६ का रोशन महतोलाई प्रहरीले पक्राउ गरेको छ । उनी हातहतियार तथा खरखजना मुद्दामा प्रहरीको हिरासत थिए । प्रहरीले शनिबार मात्रै पेस्तोलसहित पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो । पाँचजना अझै फरार छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको भित्ता फोडेर उनीहरू फरार भएको जानकारी दिए । प्रहरीले हिरासतबाट फरार भएका अभियुक्तहरूको खोजी तीव्र बनाएको छ । घटनाको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले डिएसपी क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ । 

तीन प्रहरी निलम्बित
मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ । हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहे पनि घटनामा प्रहरीको लापरबाही देखिएको बताउँदै उनले भने, ‘घटनाको छानबिनको लागि छानबिन समिति गठन गरेका छौँ, त्यसको प्रतिवेदनको अधारमा लापरबाही गर्नेहरूलाई थप कारबाहीको लागि सिफारिस गर्छौं ।’