Skip This
त्रिभुवन विमानस्थलबाट एक वर्षमा ८० लाखले गरे यात्रा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलबाट एक वर्षमा ८० लाखले गरे यात्रा

आन्तरिक हवाई यात्रु ४४ लाख ६६ हजार, अन्तर्राष्ट्रिय यात्रु ३४ लाख ८८ हजार

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

हवाई यात्रुको संख्या उल्लेख्य बढेपछि सन् २०२२ वायुसेवा कम्पनीहरूका लागि सुखद बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या करिब ६० प्रतिशतले बढेको छ । विमानस्थलबाट एक वर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ७९ लाख ५४ हजार यात्रुहरू आवत–जावत गरेका छन् ।

गत वर्ष २०२२ मा हवाई यात्रा गर्ने आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको संख्या हालसम्मकै धेरै हो । अघिल्लो वर्ष सन् २०२१ मा ४९ लाख ८५ हजार यात्रुहरूले त्रिभुवन विमानस्थलबाट सेवा लिएका थिए । कोभिडले संकटमा परेका वायुसेवा कम्पनीलाई हवाईयात्रु बढेसँगै राहत मिलेको छ ।

सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट आवतजावत गरेका कुल यात्रुहरूमध्ये ४४ लाख ६६ हजारले आन्तरिक र ३४ लाख ८८ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । गत वर्ष आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या २६.५८ र अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या एक सय ३९ प्रतिशतले बढेको त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांकले देखाउँछ ।

सन् २०२१ मा ३५ लाख २८ हजारले आन्तरिक र १४ लाख ५७ हजारले अन्तर्राष्ट्रिय यात्रा गरेका थिए । यो तथ्यांकमा त्रिभुवन विमानस्थलबाट उडान अवतरण गर्ने यात्रुहरूको संख्या समेटिएको छ । ३४ लाख ८८ हजार हवाईयात्रु बोक्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले एक वर्षमा त्रिभुवन विमानस्थलमा २४ हजार तीन सय १२ पटक उडान–अवतरण गरेको तथ्यांक छ । यस्तै, आन्तरिकतर्फका ४४ लाख ६६ हजार यात्रु बोक्न आन्तरिक वायुसेवाहरूले एक लाख आठ हजार २०२ पटक उडान–अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

एक वर्षमा अन्तर्राष्ट्रिय वायुसेवाले २६ हजार ६ सय ७६ टन कार्गो ओसारपसार गरेका छन्, जसमध्ये १३ हजार चार सय ७२ टन कार्गो नेपालबाट विभिन्न मुलुकमा गएको छ भने १३ हजार दुई सय चार किलो कार्गो विदेशबाट नेपाल भित्रिएको छ ।

 भैरहवामा २८ हजार अन्तर्राष्ट्रिय यात्रु
२ जेठदेखि सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ हजार अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको छ । कुल यात्रुमध्ये १४ हजार पाँच सय २२ यात्रु विभिन्न देशबाट भैरहवा अवतरण गरेका छन् भने करिब १४ हजार यात्रु भैरहवाबाट विभिन्न देशमा उडान गरेका छन् । भैरहवामा जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । पछिल्लो समय खराब मौसमका कारण भैरहवामा अन्तर्राष्ट्रिय उडान ठप्प भएको विमानस्थल कार्यालयले जनाएको छ । 

भैरहवा विमानस्थलबाट एक वर्षको अवधिमा ६ लाख ८७ हजार आन्तरिक यात्रु आवत–जावत गरेको तथ्यांक छ, जसमध्ये तीन लाख ४७ हजार यात्रुले काठमाडौं, पोखरालगायत विमानस्थलबाट भैरहवा यात्रा गरेका छन् भने तीन लाख ४० हजार यात्रुले भैरहवाबाट काठमाडौं, पोखरालगायत गन्तव्यतर्फ यात्रा गरेका छन् ।

१७ पुसदेखि सञ्चालनमा आए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै अन्तर्राष्ट्रिय उडान सुरु भएको छैन । त्यहाँ अहिले आन्तरिक उडान मात्र भइरहेको छ । यसका अलावा, पोखराबाट जोमसोम, नेपालगन्जबाट कर्णाली तथा सुदूरपश्चिमका जिल्ला, विराटनगरबाट पूर्वका पहाडी भेगमा उडान हुँदै आइरहेको छ । त्यहाँबाट भइरहेको उडान र यात्रुको संख्या यहाँ समेटिएको छैन ।