Skip This
केन्द्रीय समितिलाई 'बाइपास' नगर्न सभापति देउवाको ध्यानाकर्षण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केन्द्रीय समितिलाई 'बाइपास' नगर्न सभापति देउवाको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४२:oo

कांग्रेस केन्द्रीय सदस्यहरूले पार्टीका निर्णयमा केन्द्रीय समितिलाई बाइपास नगर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्। बालुवाटारस्थित नेपाल हाउसमा बसेको भेलामा केन्द्रीय सदस्यसहित नेताहरूले सभापतिलाई ध्यानाकर्षण गराएका हुन्। 

केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकमा भ्रातृ संस्थाहरूको समितिलाई पूर्णता, केन्द्रीय सदस्यहरूलाई बाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गर्ने विषयमा छलफल भएको थियो। ‘सामान्य भेटघाट भएको हो। 

भेटमा भ्रातृसंस्थाहरूको समिति पदाधिकारीसहित ठूलो बनाउने, कार्यसम्पादन र पदाधिकारीको निर्णयबाट उपलब्धि हासिल गर्न सकेको देखिएन। केन्द्रीय सदस्यहरूलाई बाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गर्ने विषयमा छलफल भयाे,’ उनले भने। 

बैठकमा पूर्वउपसभामुख पुष्पा भुसाल, रणबहादुर रावल, गोविन्द भट्टराई, मीनबहादुर विक, नैनसिंह महर, शान्ति परियार, कुन्दन काफ्ले ,चीनकाजी श्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली, विद्या तिमिल्सेना, चन्द्र केसी, सुशीला थिङ, रूपा विक, राजीव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटालगायत दुई दर्जन बढी केन्द्रीय सदस्य र नेताहरूको सहभागिता रहेको थियो। बैठकमा अधिकांश कांग्रेस संस्थापन समूहका नेताहरूको सहभागिता रहेको थियो।