१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२०७९ माघ १६ सोमबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यले शिक्षालाई नि:शुल्क बनाउनुपर्छ : सांसद बस्नेत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
२०७९ माघ १६ सोमबार १८:१६:००

कांग्रेस केन्द्रीय सदस्य एवं सासद मोहनबहादुर बस्नेतले शैक्षिक क्षेत्रलाई सुधार गर्दै गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने बताए। बाह्रबिसे नगरपालिका ७ घुम्थाङमा रहेको सरस्वती शंकर माध्यमिक विद्यालयको ८ कोठे भवन नयाँ भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले शैक्षिक क्षेत्रको विकास अपरिहार्य रहेको बताए। राज्यले शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै नि:शुल्क बनाउने बाटो तय गर्नुपर्ने उनको भनाइ थियो।

‘अहिले पनि धेरै विद्यार्थीहरूले राम्रोसँग  अध्ययन गरेका छन् तर पैसाकै अभावका कारण पढ्न सक्ने अवस्था छैन। राज्यले शिक्षालाई गुणस्तरमा वृद्धि गर्दै नि:शुल्क बनाउनुपर्छ,’ उनले भने।

विद्यालय भवन व्यावसायिक शंकर श्रेष्ठले बनाइदिएका हुन्। भवन निर्माणका लागि श्रेष्ठले १ करोड २० रकम  सहयोग गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। 

भूकम्पपछि अस्थायी टहरोमा विद्यालय सञ्चालन हुँदै आएपछि श्रेष्ठले आर्थिक सहयोग साथै २ रोपनी ७ आना जग्गासमेत दान गरेको विद्यालयले जनाएको छ।  

सांसद बस्नेतले फरक प्रसंगमा आत्मदाह गरेका स्वर्गीय प्रेम आचार्यको छोराछोरीलाई शिक्षा र परिवारलाई  रोजगारको जिम्मेवारी आफूले लिएको बताए।