मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Monday, 14 July, 2025
२o७९ माघ १६ सोमबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दामै कैद भुक्तान गरिरहेका कैदीद्वारा कारागारभित्र अर्काे बलात्कार !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १७:५१:oo

दाङ तुल्सीपुर कारागारका एक कैदीबन्दीमाथि जबर्जस्ती करणी भएको छ। १७ कात्तिकमा तुल्सीपुरस्थित कारागारमा तुल्सीपुर–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले कैदी महिलामाथि करणी गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। 

प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुल्सीपुर कारागारमा जबर्जस्ती करणीमा कैद भुक्तान गरिरहेका चौधरीले ती कैदीमाथि करणी गरेका हुन्। महिला कैदी र पुरुष दुवै कारागारका चौकीदार हुन्। 

‘चौकीदार भएकाले उनीहरू एक अर्कासँग सहजै भेटघाट गर्न सक्छन्। १७ कात्तिक दिउँसो २ः१० मा महिला भान्सामा भाडा माँझ्दै थिइन्,’ प्रहरी निरीक्षक केसीले भने, 'त्यही क्रममा चौकीदार चौधरी भान्सामै बाहिरबाट चुकुल लगाएर जबर्जस्ती करणी गरे।’ 

पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी दिएपछि १८ कात्तिकमा सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। 

चौधरीलाई ७ देखि १० वर्षसम्म कैद थप हुन सक्ने कानुनी व्यवस्था छ। पीडित बैंकिङ कसुरमा कैद भुक्तान गरिरहेकी छन्। यो केसपछि पीडक चौधरीलाई घोराही कारागार सारिएको छ। तुल्सीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि चौधरीलाई दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो।