Skip This
अफगानिस्तानमा जाडाेले १६८ जनाको मृत्यु, तापक्रम अझै घट्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा जाडाेले १६८ जनाको मृत्यु, तापक्रम अझै घट्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

कठ्यांग्रिँदाे जाडोका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ। खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक चिसाका कारण १६८ जनाको मृत्यु भएको छ। 

विपद् व्यवस्थापन अधिकारी जाहिदले त्यहाँ सयौं घरहरू भत्किएको र करिब ८० हजार गाईवस्तुको मृत्यु भएको बताएका  छन्। यसैबीच विपन्न परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक संकट उत्पन्न भएको छ।

अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन्। साथै, मानवीय सहयोगको चरम आवश्यकतामा रहेका मानिसहरूको जीवनयापनलाई यो चिसोले थप जटिल बनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा बदख्सान, नुरिस्तान, कुनार, नांगरहार, लघमान, कपिसा, पञ्जसिर, परवान, काबुल, लोगर, पक्तिका, जाबुल, गजनी, मैदान बारलगायतका प्रदेशमा आगामी दिनमा भारी हिमपात हुने जनाइएको छ। 

अफगानिस्तानको तीन करोड ८० लाख जनसंख्याको लगभग ५० प्रतिशत जनतालाई सहायता र यस शीतकालीन समयमा थप सहयोगको खाँचो छ। यसैगरी, मुलुकमा झन्डै ४० लाख बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको पनि बताइएको छ।

टोलो समाचारले तापमानमा आएको अचानक गिरावटले समस्याग्रस्त देशमा थप गरिबीतर्फ धकेल्दै खाद्यान्न र इन्धनको अभावबाट पीडित मानिसहरूलाई नराम्ररी असर गरेको छ।