Skip This
‘आत्मदाह’को प्रयास गर्नेलाई बचाएकी महिलाको निधन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘आत्मदाह’को प्रयास गर्नेलाई बचाएकी महिलाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका– १३ काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ। 

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिए। 

सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनले बताए। ‘साधारण शय्यामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ,’ निर्देशक खत्रीले भने। 

आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए। आत्मदाहको प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ। 

क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए।