Skip This
मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मुगुकाे सदरमुकाम गमगढी
Invalid date format १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४o:oo

कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन्। मुगु जिल्लामा केन्द्रविन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घरबाहिर जाग्राम बसेका हुन्।

केही दिनअघि बाजुरा केन्द्रविन्दु बनाई भूकम्प गएको थियो। त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन्।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरि फैलिएपछि त्रसित भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए।

गलत सूचनाका कारण माघको चिसोमा दूधेबालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारबाही गर्नुपर्ने बताउँछन्। 

गलत सूचनाले सामाजिक रूपमा मात्रै नभएर मानसिक रूपमा पनि नकारात्मक असर गर्ने भएकाले सम्बन्धित निकाय त्यस्ता व्यक्तिलाई खोजी कारबाही गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताए। 

यसैबीच भूकम्प आउने हल्लाका कारण स्थानीय त्रसित भएपछि छायानाथ रारा नगरपालिका विपत् व्यस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ। नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्वसूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गरे।  

२० वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फैलाइएपछि रारा तालआसपासका स्थानीय भागेर अग्ला–अग्ला स्थानमा गएका थिए।