
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाटै हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्ने भन्नु सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु भन्ने हुने धारणा राखे । ‘राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो,’ महासचिव पोखरेलले भने ।
केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार विजयी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्नेसमेत प्रस्ट पारेका छन् ।