
संखुवासभामा आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भोटखोला गाउँपालिका– ५ लुम्सुङका २५ वर्षीय प्रेमकुमार राई ७३ वर्षीय बाबु गोठे राईको हत्या अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार बाबु–छोराबीच घरायसी विवाद हुँदा शुक्रबार बेलुकी छोराले बाबुलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएपछि गाउँलेले शनिबार सदरमुकाम खाँदबारीतर्फ बोकेर ल्याउने क्रममा बेलुकी बाटोमा नै मृत्यु भएको हो ।
बुबाको हत्या गर्ने छोरा प्रेमकुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालत चलान गरिसकेको प्रहरीले जनाएको छ ।