१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नाबालक छोरा र श्रीमतीलाई जिउँदै जलाउने प्रयास, अभियुक्त विक फरार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१४:oo

बाँकेमा पतिले पत्नी र नाबालक छोरामाथि आगो लगाएर जिउँदै जलाउने प्रयास गरेका छन् । कोहलपुर नगरपालिका– २ शक्तिनगरका भानुभक्त विकले पत्नी र दुई वर्षीय छोरामाथि पेट्रोल छर्केर जिउँदै जलाउने प्रयास गरेका हुन्। 

आइतबार बेलुकी करिब ७:३० बजेको समयमा पती–पत्नीबीच भएको सामान्य विवादमा भानुभक्तले पत्नी गंगा विक र दुई वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

पतिले लगाएको आगोबाट गंगा र प्रिन्सको शरीरको विभिन्न भाग जलेको छ । उनीहरूको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

आगोले जल्दा दुई वर्षीय प्रिन्सको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताललाई उदृत् गर्दै कोहलपुर प्रहरीले जनाएको छ । आगो लगाउने भानुभक्त फरार भएका छन् । उनलाई खोज्न कोहलपुर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी मल्लले बताए । 

भानुभक्तको परिवार कालीकोटबाट बसाइँसराइ गरी कोहलपुर आएको हो ।

ad
ad