Skip This
हत्याको १७ वर्षपछि आरोपी पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हत्याको १७ वर्षपछि आरोपी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन्। 

चाँगुनारायण नगरपालिका– ९  ताथलीस्थित गणेश इँटा उद्योगनजिकै रहेको कुलोछेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुईजना पक्राउ परेका हुन्। घटनामा संलग्न एक अझै फरार छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ छन्। कान्छाराम त्यसवेला इँटा उद्योगमा पानीपाले र बहादुर सोही उद्योगकै गाडीचालकको काम गर्थे।  

घटना विवरणानुसार ०६२ माघ ३० गते बिहान तत्कालीन ताथली गाविस– ८ स्थित गणेश इँटा उद्योगनजिकै रहेको कुलोछेउमा ४१ वर्षीय योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरियो। 

उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी घटनापश्चात् फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। 

घटनामा संलग्नको यकिन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनामा मृत्यु भएका योगीका भाञ्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।