१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

औपचारिकतामा सीमित रहेर देशको विकास सम्भव छैन : सांसद पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:२४:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रूपमा विकास गर्नुपर्ने बताएका छन् । आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सबै अस्पताललाई सेवा प्रदान गर्न सक्ने क्षमताको रूपमा विकास गर्न जरुरी रहेको बताए ।

सांसद पौडेलले मुटुरोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको उल्लेख गरे । गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यकता रहेको उनको धारणा छ । गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाई दक्षिण एसियाको उत्कृष्ट अस्पतालको रूपमा विकास गर्न जरुरी रहेको औँल्याए ।

‘गंगालाल अस्पताललाई एकेडेमीको रूपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रूपमा विकास गर्नुपर्छ । मुटुरोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ,’ उनले भने, ‘अब औपचारिकतामा नै सीमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ ।’

सांसद पौडेलले सरकारी कार्यलयहरूमा काम गर्नेहरूको सुविधाबारे पनि राज्यले पुनर्विचार गर्नुपर्ने बताए ।

ad
ad