१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार o९:o५:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सन् २०२३ : श्रीलंकाको अर्थतन्त्रमा होला त सुधार?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o९:o५:oo

वर्तमान आर्थिक संकटको कारक सरकारको अदूरदर्शी निर्णय, आर्थिक अव्यवस्थापन, सन् २०१९ को कोभिड महामारी र रेमिट्यान्समा गिरावट हुन्

श्रीलंका सिंगापुरझैँ विकसित मुलुकको मोडलमा पर्छ  । तर, यही मुलुकले सन् १९४८ को स्वतन्त्रतापछि अर्थतन्त्रमा सर्वाधिक खराब समयको सामना गरिरहेको छ । वर्तमान संकट निम्तिनमा धेरै तत्व छन् । तर,  मुख्य आधार भनेका श्रीलंकाली सरकारको अदूरदर्शी निर्णय, आर्थिक अव्यवस्थापन, सन् २०१९ को विश्वव्यापी कोभिड–१९ महामारी र रेमिट्यान्समा आएको अनपेक्षित गिरावटलाई लिन सकिन्छ । यो डरलाग्दो आर्थिक संकटले जनतालाई उनीहरूको अत्यावश्यक वस्तुबाट वञ्चित त गर्‍यो नै, साथै यसकै कारण विरोधको अभूतपूर्व जनलहर पनि श्रीलंकामा जन्मिन पुग्यो । यो विरोधले विद्युत्, ओखतीमुलो, इन्धनजस्ता आवश्यक वस्तुको अभावसँग जुध्दै राजनीतिक नेतृत्वमा समेत दबाब सिर्जना गर्‍यो । 

विशाल प्रदर्शन पछि गएर तत्कालीन सत्ताको कुर्सी त्याग्न बाध्य बनाउने तथा  नयाँ राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद् तथा मुलुकको अर्थतन्त्रका लागि मुख्य कर्मचारी चयन गर्नेसम्म पुग्यो । यद्यपि, राजनीतिक परिवर्तनपछि अझै पनि त्यहाँको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने देखिएको बताइएको छ । श्रीलंका जुनसुकै वेला पनि कोभिडपूर्वको सामान्य, सन्तुलित र सरल अवस्थामा फर्किन सक्ने उच्च सम्भावना त छैन । तथापि, पर्यटन, रेमिट्यान्स र निर्यातको सन्दर्भमा त्यहाँ सकारात्मक परिवर्तनचाहिँ पक्कै देखिन थालेका छन् । 

पृष्ठभूमि 
कोभिड–१९ सम्म श्रीलंकाको अर्थतन्त्रले संकटको संकेत गरिसकेको थियो । पछिल्ला पाँच वर्षमा प्रतिबन्धात्मक व्यापार नीति, लगानीको प्रतिकूल वातावरण, मौद्रिक नीतिको समयावधि र प्रशासित विनिमय दरका कारण वृद्धि र मन्दी न्यूनीकरण सुस्त भएको थियो । दिगो वित्तीय असमानता, विशेषगरी कम राजस्व संकलन, सन् २०१९ को कर कटौती आदिले वित्तीय घाटा र असमान कर्जाले यो अवस्थामा पुर्‍यायो । सन् २०२२ मा श्रीलंकाले वैश्विक बजारबाट आफ्नो पहुँच गुमाउँदा क्रेडिट रेटिङ ओरालो लाग्यो । विश्वबजारको पहुँचविनै श्रीलंकाले आयातमा खर्च त गर्‍यो नै, साथै राज्यहरूको सहयोगमा बाह्य ऋण तथा बैकिङ इन्डस्ट्रीलाई ऋण पनि तिरिरह्यो । सन् २०२२ को जुनसम्म बैकिङ सिस्टमको विदेशी मुद्रासमेत घटेर माइनस ५.९ अर्ब अमेरिकी डलर पुग्यो । आर्थिक गतिविधिका लागि इन्धन, औषधि, ग्यास तथा अन्य उपभोग्य वस्तुको संकटका साथै तरलता अभाव अर्थतन्त्रमा देखियो, विशेषगरी आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासपछि । 

पर्यटन, व्यापार र रेमिट्यान्समा आधारित श्रीलंकाले कोभिड महामारी र रुस–युक्रेन युद्धको मार खेप्नुपर्‍यो । यस्तै, बढ्दो मूल्यवृद्धि, रोजगार कटौती, सीमित मल आपूर्तिको मारमा प्रायजसो गरिब घरपरिवार परे । सन् २०२२ अगस्टमा वार्षिक मुद्रास्फीति सर्वाधिक उच्च ६४.३ प्रतिशत पुग्यो ।

पर्यटन, व्यापार र रेमिट्यान्समा आधारित श्रीलंकाले कोभिड महामारी र रुस–युक्रेन युद्धको मार खेप्नुपर्‍यो । पर्यटन र रेमिट्यान्स श्रीलंकाको प्रत्यक्ष राजस्वको स्रोत हो । सन् २०१४ मा सात अर्ब डलर रमेट्यान्स भित्रिएको देशमा सन् २०२१ मा आइपुग्दा घटेर ५.४९ अर्ब डलरमा खुम्चियो । आर्थिक वृद्धिको महत्वपूर्ण चक्र पर्यटन क्षेत्र सन् २०२० भर कोभिडले निम्त्याएको लकडाउनले तहसनहस पार्‍यो । यस्तै, कोभिडपूर्व पनि अस्थिर राजनीतिक तनाव र ‘इस्टर सन्डे अट्याक’को छविले श्रीलंकाको पर्यटन उद्योग प्रभावित भएको थियो । देशले पर्यटन उद्योगमा ४.४ अर्ब डलर राजस्व आम्दानी त गर्‍यो, तर सन् २०२१ सम्म दुई अर्बको गिरावट देखियो । 

यस्तै, अर्कोतिर श्रीलंकन सरकारले रासायनिक मलमा लगाएको प्रतिबन्धले पनि उत्पादनमा तीव्र कमी आयो, विशेषगरी उच्च निर्यात हुने चिया र चामलमा । जब कि, त्यहाँका अधिकांश किसान रासायनिक मलमा निर्भर थिए । यस्तो प्रतिबन्धपश्चात् श्रीलंकाको धान उत्पादन २० प्रतिशतले घट्यो, जसले गर्दा देश चामल आयात गर्नुपर्ने अवस्थामा पुग्यो । 

आइएमएफको चेतावनीपछि तत्कालीन अवस्था 

बढ्दो मूल्यवृद्धि, रोजगार कटौती, सीमित मल आपूर्ति तथा रेमिट्यान्समा आएको गिरावटले प्रायजसो गरिब घरपरिवार मारमा परे । सन् २०२२ अगस्टमा वार्षिक मुद्रास्फीति सर्वाधिक उच्च ६४.३ प्रतिशत पुग्यो । साथै, आर्थिक वर्ष ०२२ को दोस्रो त्रैमासमा वस्तु व्यापार वार्षिक १८.६ प्रतिशतले घट्यो । विशेषगरी, आयातको तुलनामा कपडा छिटो विस्तार भएको थियो । यसलाई भारत सरकारले ३.८ अर्ब डलरको आर्थिक सहयोगसमेत गरेको थियो । देशको ढुकुटीले आर्थिक संकटको सामना गरेको भन्दै हालसालै श्रीलंका सरकारले सबै मन्त्रालयको खर्च यो वर्ष पाँच प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । 

सन् ०२२ मा श्रीलंकामा कुल सात लाख १९ हजार पर्यटक भित्रिए, जसमा मार्च महिनामा मात्रै एक लाख ६ हजारजना थिए । तर, त्यसपछि यो संख्यामा कमी आउन थाल्यो । यसको कारण देशमा सिर्जित तनाव थियो । 

यो संकटको बीचमा श्रीलंकाले आर्थिक सहायताका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएम) र एसियाली बिकास बैंक (एडिबी)लाई गुहार्‍यो । रिपोर्टअनुसार चीनको ६.५ अर्ब डलरसहित श्रीलंकाको कुल वैदेशिक ऋण ५१ अर्ब डलर छ । यो ऋण पुनर्संरचनाका लागि छलफल सुरु भएको छ ।

श्रीलंका आइएमएफबाट २.९ अर्ब डलर ऋण अनुमोदनको चरणमा पुगेको छ । साथै, आइएमएफले बेलआउट सम्झौताको एउटा हिस्साका रूपमा चीनसँगको ऋणलाई पुनर्संरचना गर्नुपर्नेमा जोड दिएको छ । यस्तो अवस्थामा जी–७ मुलुक– क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत तथा अमेरिकाले श्रीलंकाको बाह्य ऋण भुक्तान गर्न सहयोग गरेका छन् । यस्तै, विश्व बैंक ६ करोड डलर र भारत १.९ अर्ब डलर ऋण दिन सहमत भएका छन् । आइएमएफले २.९ अर्ब ऋण दिनेबारे अन्तिम निर्णय गर्न बाँकी हुँदा यता श्रीलंका भने दोधारमा छ । 

सुधारका संकेत
पेट्रोल पम्प र ग्यास स्टेसनको लामो लाइन, पर्यटक आवागमन, निर्यात र केही महिनाअघिको मुद्रास्फीतिलाई तुलना गर्दा श्रीलंकामा स्वागतयोग्य सुधार त देखिएका छन्, यद्यपि अर्थशास्त्रीहरूका अनुसार श्रीलंका अझै पनि संकटबाट बाहिर भने छैन । तर, आगामी मार्चदेखि संकट लयमा फर्किन सक्ने अनुमान गर्न थालिएको छ ।

–डेली मिरर

ad
ad