Skip This
अखिलको नेतृत्व लिन प्रतिस्पर्धा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अखिलको नेतृत्व लिन प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

- आरसी लामिछाने, वरिष्ठ उपाध्यक्ष  : बाटो बिराएको विद्यार्थी आन्दोलनलाई मूलबाटोमा लैजान, कुहिरोको काग बनेको विद्यार्थी आन्दोलनलाई गति दिन अनेरास्ववियुको अध्यक्षमा मेरो दाबी हो ।

- झपीन्द्र खत्री, उपाध्यक्ष : सहमतिको स्थिति आएमा एउटा पाटो हो, अहिले म अध्यक्षको तयारीमा छु ।

- समिक बडाल, महासचिव : अनेरास्ववियुको महासचिव भएकाले अध्यक्षमा स्वतः दाबेदारी हो । जहाँ अप्ठ्यारो छ, त्यहाँ नेतृत्व लिएर सफल बनाउने पहिचान बनाएको छु ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै चुनावी माहोल बढ्न थालेको छ । आगामी २–४ फागुनमा काठमाडौंमा सम्पन्न हुने महाधिवेशनमा अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपीन्द्र खत्री, महासचिव समिक बडाल मुख्य दाबेदार देखिएका छन् । तीनैजना पार्टी नेता र अखिल कार्यकर्ता आफ्नो पक्षमा पार्न प्रतिस्पर्धामा उत्रिएका छन् । 

‘अध्यक्षमा मेरो स्वाभाविक दाबेदारी हो । बाटो बिराएको विद्यार्थी आन्दोलनलाई मूलबाटोमा लैजान, कुहिरोको काग बनेको विद्यार्थी आन्दोलनलाई गति दिन अनेरास्ववियुको अध्यक्षमा मेरो दाबी हो,’ वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले भने, ‘मेरो सम्पूर्ण ध्यान विद्यार्थीको समस्या समाधान, विद्यार्थी आन्दोलनमा केन्द्रित छ । म ‘वेटिङ लिडरसिप’मा थिएँ, आगामी महाधिवेशनबाट यो पूरा हुन्छ ।’

वर्तमान उपाध्यक्ष झपीन्द्र खत्रीले पनि अध्यक्षको दाबी गरेका छन् । ‘सहमतिको स्थिति आएमा एउटा पाटो हो, अहिले म अध्यक्षको तयारीमा छु,’ उनले भने । ११ उपाध्यक्षहरूमध्ये मुकेश निरौला, मोती विक, उमेश आचार्यलगायतले पनि अध्यक्षको चाहना राखेका छन् । 

‘अनेरास्ववियुको महासचिव भएकाले अध्यक्षमा स्वतः दाबेदारी हो । अनेरास्ववियुको स्कुलदेखि क्याम्पसलगायत संगठनको नेतृत्वमा रहेर केन्द्रीय संगठनको महासचिवसम्मको नेतृत्व गरेको छु,’ महासचिव समिक बडालले भने, ‘मैले अहिलेसम्म संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको छु । जहाँ अप्ठ्यारो छ, त्यहाँ नेतृत्व लिएर सफल बनाउने पहिचान बनाएको छु ।’

महासचिवका दाबेदारको संख्या ठूलो छ । अहिलेका चार उपमहासचिवसहित सचिवमध्येका केहीले महासचिवमा दाबी गरेका छन् । केही उपाध्यक्षले समेत महासचिव पाएमा उम्मेदवारी दिने तयार रहेको एक नेताले बताए । 

एमालेका विद्यार्थी इन्चार्ज माधव ढुंगेलले अनेरास्ववियुमा स्वस्थ प्रतिस्पर्धाबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुने वातावरण निर्माणमा लागेको बताए । ‘नेतृत्वका लागि निर्वाचन नै हुन्छ, त्यसका लागि पार्टीले सहजीकरण गरेर वातावरण बनाउँछ,’ उनले भने । महाधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटी बनिसकेको उनले बताए ।

आगामी महाधिवेशनपछि अनेरास्ववियुको कार्यसमिति सानो हुने भएको छ । यसअघि भएको विधान अधिवेशनले अबको कार्यसमिति १९९ जनाको हुने व्यवस्था गरेको छ । अहिले ५१७ जनाको कार्यसमिति छ । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित १९९ जनाको कार्यसमिति रहनेछ । महाधिवेशनपछि उपमहासचिव पद नरहने भएको छ । 

पहिले अखिलको महाधिवेशन सम्पन्न गरी स्ववियु चुनावमा लाग्ने गरी अघि बढ्ने सहमति भएको छ । एउटा समूह स्ववियु चुनाव ५ चैतमा सम्पन्न गरी मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडानमा थियो । अर्को समूह फागुन पहिलो साता महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको थियो ।