१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
दुबई
२o८१ बैशाख २४ सोमबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले गुमाए साउदीमा पहिलो उपाधि जित्ने मौका

Read Time : > 1 मिनेट
दुबई
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५८:oo

एसियन भूमिमा क्लबस्तरीय करिअर अगाडि बढाउन आएका रोनाल्डो सम्मिलित अल नासेर सुपर कपको सेमिफाइनलबाट बाहिरियो 

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नयाँ क्लब अल नासेरमा पहिलो उपाधि जित्ने मौका खेर फालेका छन् । रोनाल्डो आबद्ध अल नासेर साउदी सुपर कपको सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले स्तब्ध भयो । यसै सिजनमा युरोपियन क्लबहरूले अनुबन्ध नगरेपछि रोनाल्डो एसियन भूमिमा क्लबस्तरीय करिअर अगाडि बढाउन साउदी अरेबिया पुगेका हुन् । विश्व फुटबलमै कीर्तिमानी रकममा अल नासेरले रोनाल्डोलाई अनुबन्ध गरेको थियो । 

रोनाल्डोले युरोपियन भूमिमा प्राप्त अनुभव एसियामा बाँड्ने मनसाय बोकेर साउदी अरेबियामा नयाँ भविष्य खोजेका छन् । तर, उनले अल नासेरबाट पहिलो उपाधि जित्ने सपना पूरा गर्न सकेनन् । साउदी अरेबियाकै धनी क्लब अल नासेरका प्रशिक्षक रुडी गार्सियाले टोली सेमिफाइनलबाट बाहिरिनुपछाडि कप्तान रोनाल्डोमाथि दोष लगाएका छन् । 

हारको दोष रोनाल्डोलाई 
प्रतिस्पर्धाको पहिलो हाफमै रोनाल्डोले सहज गोलको अवसर प्राप्त गरेका थिए । डिबक्सभित्र ओपन गोल गर्न सक्ने अवस्थामा रोनाल्डो चुकेका थिए । ‘पहिलो हाफमा रोनाल्डोले सहज गोल गर्न सक्थे, तर उनले गोल गरेनन्, हामी सुपर कपबाट बाहिरिनुको पहिलो कारण नै कप्तान रोनाल्डोको फितलो प्रदर्शन थियो,’ निराश देखिएका रुडीले भने । इतिहादका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमदले गोल गरेका थिए । अल नासेरका लागि एन्डरसन टालिस्काले मात्र एक गोल गरेका थिए । 

इतिहादले काउन्टर अट्याकमा अल नासेरमाथि दबाब राखेको थियो । ‘खेलको रूप नै परिवर्तन भयो, रोनाल्डोले त्यो अवसर सदुपयोग गरेको भए खेल हाम्रो पक्षमा पनि हुन्थ्यो,’ अल नासेरका प्रशिक्षक रुडीले भने । प्रतिस्पर्धामा अल नासेरले नै बल पोसेसन बनाएको थियो । तर, इतिहासले बलियो डिफेन्स बनाउँदा अल नासेरले गोल गर्न सकेन । खेलको १५औँ मिनेटमा रोमारिन्होले इतिहादलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा मोरक्कोका खेलाडी हमदल्लाहले इतिहासलाई २–० को स्थितिमा राखे । खेलको ६७औँ मिनेटमा टालिस्काले अल नासेरलाई २–१ को अवस्थामा राखी खेलमा फर्कने संकेत दिए । 

नयाँ नियम 
खेलको अन्तिम इन्जुरी समयमा मोहमदले इतिहादको जित ३–१ ले पक्का पारे । यसपटक नयाँ नियम लागू भएका कारण अल नासेरले सुपर कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । पछिल्लो समय दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली छन् । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको थियो । अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो स्थानमा रहेको अल नासेरले मौका पाएको हो । 

ad
ad