
हुम्लाको अदानचुली गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षबीचको विवाद उत्कर्षमा पुगेकाे छ। गाउँपालिका अध्यक्ष मोहनविक्रम सिहंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट काजमा पठाएका निमित्त प्रशासकीय अधिकतलाई पत्र लेखेर फिर्ता पठाएका छन्।
यस्तै उपाध्यक्ष कर्ण रोकया (सुधार) ले भने संघीय मामिला तथा प्रशासन मन्त्रालयबाट अदानचुली गाउँपालिकामा खटाएका नन्दराज गिरीलाई गाउँपालिकामा हाँजिर हुन पत्रचार गरेका छन्।
अदानचुली गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते नन्दराज गिरीलाई खटाएको थियो। तर गाउँपालिका अध्यक्ष सिहं मन्त्रालयलाई पत्र लेख्दै फिर्ता पठाउने निर्णय गरेका छन्।
९ माघ मा उपाध्यक्ष कर्ण रोकायाले मन्त्रालयले खटाएका गिरीलाई तत्काल गाउँपालिकामा उपस्थित भएर नियमित कामकाज गर्न पत्रचार गरेका छन्। लामाे समयदेखि गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिँदा गाउँपालिकाको कामकाज प्रभावित गएको छ।